‘दशैँ तिहार गाउँमै रमाइलो’ बजारमा

काठमाडौँ, १३ असोज – गायिका दीपा पन्तको ‘दशैँ तिहार गाउँमै रमाईलो’ नामक आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।गीतकार डा कृष्णहरि बरालको शब्द, संगीतकार हरि लम्सालको संगीत रहेको सो गीतमा गायिका पन्त र गायक भूषण खतिवडाको स्वर रहेको छ । गीतमा नेपालीहरूको महान् पर्व दशैँ, गाउँघर, साथीभाइसँगको रमाइलो क्षणलाई समेटिएको छ ।गायिका पन्तले यसअघि ‘रियालिटी’ (पप आधुनिक), ‘दिलको बदला’ (आधुनिक) र ‘दीपा’ (आधुनिक) एल्बम बजारमा ल्याइसक्नुभएको छ । अन्य आधुनिक गीत बजारमा ल्याउनका लागि रेकर्डिङको क्रममा रहेको र छिट्टै बजारमा ल्याउने तयारी गरिएको गायिका पन्तले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?