‘ट्याक्सीमाण्डु’ सञ्चालनमा आएको एक वर्ष पुरा, मसिंर महिनाभर पाउनुहोस् यस्ता सुविधा

काठमाडौं । अनलाइन ट्याक्सी बुकिङ एप ‘ट्याक्सीमाण्डु’ सञ्चालनमा आएको एक वर्ष पुरा भएको छ ।

सञ्चालनको एक वर्ष पुरा गरेसँगै ट्याक्सीमाण्डुले आफ्ना सेवा र सुविधालाई थप व्यवस्थित र विस्तार गर्ने प्रतिबद्धता सहित मंसिर महिनाभरका लागी केही आकर्षक छुट सहितका स्कीमहरु ल्याएको छ ।

ट्याक्सीमाण्डु प्रा.लि.ले ल्याएका स्कीमहरु ट्याक्सी चालक तथा यात्रुको फाइदामा लक्षित रहेको कम्पनीले जनाएको छ । जसमध्ये ट्याक्सी चालकहरुले मंसिर महिनाभर ० प्रतिशत कमिसनमा एपमार्फत यात्रुलाई सेवा दिन पाउनेछन् । यो महिनाभर ट्याक्सी चालकले एप प्रयोग गरेवापत ट्याक्सीमाण्डुलाई कुनै पनि कमिसन दिनु पर्ने छैन । त्यस्तै एपको प्रयोग गरेर ट्याक्सी बुक गर्ने यात्रुले प्रत्येक राइडमा ५० रुपैयाँ छुट पाउनेछन् । छुटका लागी यात्रुले TAXIMANDU1ST  प्रोमो कोड प्रयोग गर्नुपर्नेछ ।

यसबाहेक ट्याक्सीमाण्डुले रिफर एण्ड अर्नको स्कीम पनि ल्याएको छ । यो स्कीम अन्तर्गत ट्याक्सीमाण्डु एप डाउनलोड गरेकाहरुले अरुलाई एपमार्फत डाउनलोड गर्न रिफर गर्नु पर्नेछ । एप डाउनलोड गर्न रिफर गर्ने हरेकले प्रत्येक रिफरमा ५० रुपैयाँ पाउने कम्पनीले जनाएको छ ।

त्यस्तै मंसिर महिनाभर ट्याक्सीमाण्डु एपमार्फत १ सय वटा ट्रीप गर्ने ट्याक्सी चालककले १ हजार रुपैयाँ बोनस पाउने व्यवस्था पनि मिलाइएको छ ।

यसबाहेक ट्याक्सीमाण्डु प्रा.लि. आफ्नो एपमा आवद्ध चालक तथा सेवाग्राही यात्रुवर्ग प्रति थप जिम्मेवार बन्दै कोभिड १९ को संक्रमण फैलन नदिन सचेत बनेको छ । ट्याक्सी चालकहरुलाई यात्रुवर्गलाई कसरी सुरक्षित यात्रा गराउने भनेर समय समयमा विभिन्न चेतनामूलक सन्देश प्रवाह गर्नुका साथै आफुसँग आवद्ध सबै चालकलाई समय समय समन्वय गरी काउन्सिलिङ पनि गर्दै आइरहेको छ । त्यसैगरी ट्याक्सीमाण्डु एप प्रयोग गरेर सेवा दिइरहेका ट्याक्सीहरुमा कोभिड १९ बाट जोगिन विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले बनाएको मापदण्डको पुर्णरुपमा पालना गरिएका पनि अवगत गराएको छ ।

स्थापनाको एक वर्षमै ट्याक्सीमाण्डु एपमा २ हजार भन्दा बढि ट्याक्सी चालक आवद्ध भई यात्रुलाई सेवा दिइरहेका छन् । यसलाई अझै विस्तार गर्दै र व्यवस्थित गर्दै लैजाने प्रतिबद्धता ट्याक्सीमाण्डु प्रा.लि.का प्रवन्ध निर्देशक अर्जुन केसीले प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?