कंगनाविरुद्धको एफआईआरको सुनुवाई आज, लागेको थियो राजद्रोहको केस

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतको अर्जीमाथि आज बम्बे हाईकोर्टले सुनुवाई गर्दैछ ।

कंगना र उनकी बहिनी रंगोलीले मुम्बई पुलिसको एफआईआर रद्द गर्ने अपील गरेका छन् ।

एफआईआरका अनुसार दुबै जनामाथि धर्मको आधारमा मानिसलाई भड्काउने कोशिस गरेको र राजद्रोहको आरोप लागेको छ ।

पुलिसले ३ पटकसम्म कंगनालई उपस्थित हुन आदेश दिएको थियो । तर उनी हिजो (सोमवार) पनि उपस्थित भएकी थिइनन् ।

उनले हिजो हाईकोर्टमा एफआईआर रद्द गर्न आग्रह गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?