शुरु भयो कक्षा १२ को परीक्षा, सामाजिक दूरी कायम गर्दै परीक्षार्थी

काठमाडौं । कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा आजबाट शुरु भएको छ ।

गत बैशाखमा हुनुपर्ने परीक्षा कोरोना महामारीका कारण रोकिएको थियो ।

देशभर ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरु सहभागी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अनुसार विद्यार्थीहरुले ४० नम्बरको पूर्णांकको लागि परीक्षा दिएका छन् । बाँकी ४० नम्बर कक्षा ११ र २० नम्बर कक्षा १२ को आन्तरिक मूल्यांकनको आधारमा नम्बर जोडिनेछ ।

कोरोना जोखिमलाई ध्यानमा राख्दै यसपटकको परीक्षा विद्यार्थीहरुले आफैले अध्ययन गरेको स्कुल तथा कलेजबाट दिने व्यवस्था गरिएको थियो ।

परीक्षा केन्द्रहरुमा हेल्थ डेक्स राखेर सामाजिक दूरी कायम, थर्मल गनले विद्यार्थीको ज्वरो नापेर परीक्षा हलमा प्रवेश गराइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?