बेन्जिमा र रामोसले च्याम्पियन्स लिग अन्तर्गतको खेल गुमाउने

काठमाडौं । रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले च्याम्पियन्स लिग अन्तर्गत इन्टर मिलानविरुद्धको खेल गुमाउने भएका छन् । चोटका कारण रियलले इन्टरसँग खेल्ने टिममा बेन्जिमालाई राखेको छैन ।

रियलले बुधवार राति इन्टरसँग उसैको मैदानमा खेल्नेछ ।

रियल ४ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ । यस्तै, डिफेन्डर सर्जियो रामोसले पनि इन्टरसँगको खेल गुमाउने छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?