कस्तो छ मंगलवारको विदेशी मुद्रा विनिमयदर ?

काठमाडौं । मंगलवार १ अमेरिकी डलरको खरिददर ११८ पैयाँ २७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८७ पैसामा कारोबार भइरहेको छ । सोमवार १ अमेरिकी डलरको खरिददर ११८ पैयाँ ३६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९६ पैसा रहेको थियो ।

नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ यूरोपियन यूरोको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ १८ पैसा तोकेको छ । सोमवार १ यूरोपियन यूरोको खरिददर १४० रुपैयाँ ३२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०३ पैसामा कारोबार भएको थियो ।

मंगलवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५८ रुपैयाँ १४ पैसा र बिक्रीदर १५८ रुपैयाँ ९५ पैसा निर्धारण गरेको छ । त्यस्तै सोमवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५७ रुपैयाँ २३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ०३ पैसामा कारोबार भएको थियो ।

नेपाली मुद्रा बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८६ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३८८ रुपैयाँ ७९ पैसा निर्धारण गरेको छ भने बहराईन दिनार १ को खरिददर ३१३ रुपैयाँ ७० पैसा र बिक्रीदर ३१५ रुपैयाँ २९ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?