ड्रग्स केसमा छापा मार्न गएको एनसीबीमाथि हमला, कमेडियन भारती र उनका श्रीमान जमानतमा रिहा

काठमाडौं । मुम्बईमा आईतवार राती ड्रग्सको छापा मार्न गएको एनसीबीको टीममाथि हमला भएको छ ।

गोरेगाउँमा ड्रग्स कारोवारीको घरमा छापा मार्न गएको एनसीबीको टोलीमाथि हमला भएको हो । ड्रग्स कारोवारी क्यारी म्यान्डिसलाई पक्राउ गर्न गएको एनसीबीको टीममाथि हमला हुँदा ३ जना अधिकारी घाईते भएका छन् ।

साथै आक्रमण गर्ने तीन जना पक्राउ परेका छन् । यसैबीच बलिउड कमेडियन भारती सिंह र उनका श्रीमान हर्ष लिम्बाचिया जमानतमा रिहा भएका छन् ।

उनीहरुलाई नारकोटिक्स ड्रग्स एण्ड साइकोट्रोपिक सबस्टेन्सेस कोर्टले जमानतमा रिहा गरेको हो ।

उनीहरुको घरबाट ८६.५ ग्राम गाँजा बरामद भएको थियो । उनीहरुसँगको सोधपुछमा गाँजा लिएको उनीहरुले स्विकारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?