यस्ता छन् चिनीका फाइदा र अद्भूत गुण !

काठमाडौं । चिनी हामी कसलाई मन पर्देन होला र ? जस्को स्वाद नै एकदमै गुलियो हुन्छ । चिनी हामीले चिया कफी लगायत विभिन्न मिठो खानाको लागि प्रयोग गर्ने गर्छौँ । तर यसका फाइदाहरु तपाईहरुलाई थाहा नहुन सक्छ । यसले खानालाई मिठो स्वाद दिलाउने मात्र नभई मानिसको सौन्दर्यमा समेत सकारात्मक प्रभाव पार्ने गर्छ ।

१. चिनिको प्रयोगले मानिसको पोतो र कालो दागलाई हटाउनु समेत सहयोग गर्छ । कागतीको रस र चिनी मीसाएर अनुहारमा लगाउनाले अनुहारको पोतो र कालो दागलाई हटाउन सहयोग गर्छ ।

२. चिनिको प्रयोगले अनुहारको चाउरीपन हटाउछ । चिनी, एलोवेरा जेल र दूध मिसाएर लगाए अनुहारको चाउरीपन केहि हद सम्म कम हुन्छ ।

३. घामले डढेको छालालाई समेत चिनि उपयोगी हुन्छ । चिनी, गोलभेंडाको जुस र बेसन मिसाएर प्रयोग गर्नाले अनुहारको घामले डढेको छालालाई राम्रो गर्छ । हप्तामा ३ पटक प्रयोग गर्नुहोस् जसले घामले डढेको छालालाई गोरो र चम्किलो बनाउँछ।

४. चिनिको प्रयोगले कालो ओठलाई गुलाबी बनाउन समेत मद्धत गर्छ । चिनी, ओलिव ओइल र कागतीको रस मिसाएर ओठमा लगाए यसले कालो ओठलाई गुलाबी ओठ बनाउन सहयोग गर्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?