गण्डकीमा १२९ जना संक्रमित थप, १६७ निको

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १२९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने १६७ जना निको भएका छन् । पछिल्लो एक हप्ताको तथ्याङ्कले थपिने संक्रमितभन्दा निको हुनेको संख्या बढेको देखाएको छ ।

प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ११ हजार १९० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा हालसम्म निको हुनेको सङ्ख्या छ हजार ३९८ छ भने सक्रिय संक्रमितको संख्या चार हजार ६५१ पुगेका छन् । प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?