बाबुराम भन्छन् : ओली धेरै मनपर्ने मान्छे हुन्, तर…

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ओली प्रवृत्ति अग्रगमनको मुख्य बाधक भएको टिप्पणी गरेका छन् । उनले आफूलाई व्यक्तिगत रुपमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली मनपर्ने मान्छे भएपनि ओली प्रवृत्ति प्रतिगमन, कुशासन र अल्पविकासको मुख्य वाहक भएको दाबी गरेका छ्न ।

‘आज देशको मुख्य मुद्दा व्यक्ति ओली हैन, ओली प्रवृत्ति हो’, उनले ट्वीटरमार्फत भनेका छन्, ‘व्यक्तिको रूपमा मलाई पनि ओली धेरै मनपर्ने मान्छे हुन्। तर ओली प्रवृत्ति यतिवेला प्रतिगमन, कुशासन ,अल्पविकासको मुख्य वाहक हो। अग्रगमनको मुख्य वाधक हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?