आर्थिक वर्षको पहिलो त्रैमास : प्राइम लाइफको नाफामा २१ प्रतिशतको वृद्धि

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासिक विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासिक विवरणको तुलनामा कम्पनीको खुद नाफा २१ प्रतिशतले बढेकोे छ ।

गत आर्थिक वर्ष १० करोड २ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १२ करोड ७ लाख ७४ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीले २५ प्रतिशत लगानी वृद्धि गरेको छ भने बीमा शुल्क ४१ प्रतिशतले वृद्धि भएको छ ।

गत आर्थिक वर्षको पहिलो ३ महिनामा ७६ करोड ५६ लाख ८४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ३१ करोड १७ लाख ९६ हजार रुपैयाँले बढेर १ अर्ब ७ करोड ७४ लाख ८० हजार रुपैयाँ पुगेको छ । कम्पनीको जीवन बीमा कोषको रकम पनि ३०.११ प्रतिशत अर्थात् २ अर्ब ८६ करोड ३४ लाख २१ हजार रुपैयाँले बढेको छ ।

गत आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको प्रति शेयर आम्दानी १९.९७ रुपैयाँ रहेकोमा चालु वर्षको असोज मसान्तसम्म २१.३९ रुपैयाँ रहेको छ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?