गूगलद्वारा रश्मिकालाई २०२० की नेशनल क्रस घोषित

काठमाडौं । कन्नड सिनेमाकी लोकप्रिय अभिनेत्री रश्मिका मन्दानालाई गूगलले ‘नेशनल क्रस अफ इन्डिया २०२० फिमेल’ घोषणा गरेको छ । यस खबरले उनका फ्यानहरु रोमाञ्चित भएका छन् ।

 

घोषणापछि उनले सामाजिक सञ्जालमा लेखिन्, ‘मेरा फ्यानहरु साँच्चै नै लेजेन्डरी हुनुहुन्छ । उनीहरु यति प्रिय छन्, मेरो मुटु उनीहरु सबैको साथमा छ ।’ २४ वर्षीया अभिनेत्री रश्मिका दक्षिण भारत र उत्तर भारतमा निकै लोकप्रिय छिन् ।

रश्मिकाले कन्नड, तमिल र तेलुगु फिल्ममा पनि काम गरेकी छिन् भने उनले २०१६ मा क्रिक पार्टी फिल्मबाट कन्नड सिनेमामा डेब्यू गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?