नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख २ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ३३७ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ८८४ रहेको छ । अहिलेसम्म नेपालमा १६ लाख ७० हजार ४५६ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ६२९ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?