अन्तिम संस्कारका बेला शवलाई किन टाउकोमा लौरोले हानिन्छ ?

काठमाडौं । हरेक धर्मको आ आफ्नै रीति रिवाज हुने गर्दछ । हाम्रो हिन्दू धर्म शास्त्रका अनुसार कसैको मृत्यु भएपछि त्यस शवको अन्तिम संस्कार गरिन्छ । तर आज हामी हिन्दू धर्मसँग जोडिएको अनौठो कुराको बारेमा जानकारी दिनेछौँ ।

हाम्रो पुराणआदि विभिन्न धार्मिक ग्रन्थका अनुसार मरेपछि मानिसको षेडशसंस्कार मध्येको अन्तिम संस्कार गर्ने गरिन्छ ।

किनभने त्यसको प्रभाव अर्काे जन्ममा पर्ने गर्दछ । त्यसैले अन्तिम संसकारमा बिना कुकै गल्ती वा त्रुटी सम्पन्न गर्नुपर्दछ भन्ने मान्यता रहेको छ । अन्तिम संस्कारमा एउटा महत्वपूर्ण क्रिया पनि गरिन्छ । त्यो हो कपाल क्रिया ।

कपाल क्रिया बिना हिन्दू धर्मका अनुसार अन्तिम संस्कार पुरा हुँदैन । यो क्रिया हेर्नेहरुको मन दुख्छ । तर गरुड पुराणका अनुसार सैलाई मुखाग्नी दिइन्छ, त्यो बेला धेरै घ्यु शवको मुखमा हाल्ने गरिन्छ । किनभने उसको शिर राम्रोसँग जलोस् ।

सबै जलिसकेपछि मात्र शवको शिरमा लौरोले हान्ने गरिन्छ । यसैलाई नै कपाल क्रिया भन्ने गरिएको छ ।

शिरमा हान्नुको पहिलो कारण

यदि शिरमा लौरेले चुटेन भने पूरा शिर जल्दैन । अर्काे काराण् भनेको बिना कपाल क्रिया अन्तिम संस्कार कहिल्यै पुरा हुँदैन ।

दोश्रो कारण

धार्मिक मान्यताका अनुसार सांसारिक बन्धनबाट मुक्रि गरेर उसलाई मोक्ष प्राप्ति गराउनु रहेको छ ।

कपाल क्रिया पछि मात्र एक मृत व्यक्तिको आत्मालाई मोक्ष मिल्ने धर्मशास्त्रहरुमा उल्लेख छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?