कमेडियन भारती र उनका श्रीमानले पाए जमानत

काठमाडौं । बलिउड कमेडियन भारती सिंह र उनका श्रीमान हर्ष लिम्बाचियालाई मुम्बईको नारकोटिक्स ड्रग्स एण्ड साइकोट्राफिक सब्सटेन्सेजकोर्टबाट जमानत मिलेको छ ।

एनसीबीले गाँजा लिएको आरोपमा उनीहरुलाई शनिवार र आईतवार पक्राउ गरेको थियो । शनिवार भारती र आईतवार हर्षलाई पक्राउ गरेर अदालतमा पेश गरेको थियो ।

उनीहरुसँग भएको सोधपुछमा उनीहरुले गाँजा लिएको स्विकारेका थिए । उनीहरुको घरबाट ८६.५ ग्राम गाँजा बरामद भएको थियो ।

कोर्टले आईतवार उनीहरुलाई ४ डिसेम्बरसम्म न्यायिक हिरासतमा राख्न आदेश दिएको थियो । भारतीलाई कल्याण जेल र हर्षलाई तलोजा जेलमा राखिएको छ ।

एनसीबीले आईतवार भारतीलाई ज्यूडिशियल कस्टडी र हर्षलाई रिमाण्ड मागेको थियो । तर कोर्टले दुबैलाई न्यायिक हिरासतमा पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?