बन्द प्रशिक्षणमा आएका खेलाडीहरुको पीसीआर परिक्षण भोलि

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणमा आएका खेलाडीहरुको पीसीआर परिक्षण भोलि गर्ने भएको छ । खलाडीहरुको पीसीआर परिक्षण भोली त्रिवि मैदानमा हुने छ ।

क्यानले शुक्रवार बन्द प्रशिक्षणका लागि २२ खेलाडीलाई काठमाडौं बोलाएको छ । नेपाली टिमको प्रशिक्षण मंसिर १० गतेबाट शुरु हुँदैछ ।

कोरोना भाईरसको महामारीको कारण नेपालले ९ महिनापछि बन्द प्रशिक्षण गर्न लागको हो ।

नेपाली टिमले प्रशिक्षक जगत टमटाको नेतृत्वमा प्रशिक्षण गर्नेछ ।

प्रशिक्षणमा बोलाइएका खेलाडीहरु : 

ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उप कप्तान), पारस खड्का, सन्दीप लामिछाने, शरद भेसावाकर, कारण केसी, बसन्त रेग्मी, बिनोद भण्डारी, सोमपाल कामी, सुसार भारी, ललित नारायाण राजबंशी, आरिफ शेख, पवन सराफ, अविनास बोहरा, सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सन्दीप जोरा, किशोर महतो, भुवन कार्की

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?