जाडोमा शरीरका हाड जोर्नी दुख्ने समस्या छ ? चिकित्सकको सुझाव हेर्नुहोस्

काठमाडौं – जाडो मौसममा धेरैलाई  समस्या हुन्छ – जोर्नी दुख्ने समस्या र बाथ रोग ।

हुनत नेपालमा हाड तथा जोर्नीको दुखाई धेरैको साझा समस्या हो । त्यसमाथि चिसोयाममा यसखाले समस्या बढीजसो देखिन्छ । जोर्नी दुख्ने समस्या के बालक, के युवा वयस्क । वृद्धवृद्धा, महिला पुरुष सबैमा हुनसक्छ ।

नेपालमा बढीजसो ढल्कँदो उमेरका मानिस, पुरुषको तुलानामा महिलामा, महिनावारी सुकेका ४०-४५ वर्ष नाघेका महिलामा हर्मोनको कारणले पनि यो समस्या बढी देखिन सक्छ ।

चिकित्सकका अनुसार लामो समय एकै स्थानमा बसेर काम गर्ने त्यस्तै तौल भएका मानिसमा यसको समस्या बढी देखिन्छ ।

कतिपयलाई जोर्नी दुखाईकै कारण दैनिक कार्य गर्न नसकी हिँडडुल गर्न समेत नसक्ने अवस्था आउन सक्छ ।

हाम्रो शरीरभित्रको तापक्रम र बाहिरको तापक्रम नमिल्दा जोर्नीसम्बन्धी समस्या देखा पर्छन् । केहिलाई हड्डी खिएका कारण र चिसोले समात्दा झनै समस्या आउँछ । जोर्नी दुख्ने निश्चित कारण नभएतापनि हड्डी खिईए, जोर्नीमा चोटपटक लागे, बाथ रोगका कारण, युरिक एसिड भएमा, थाइराइड भए, धुम्रपान, मध्यपान गरेमा, जोर्नीमा भार पर्ने काम धेरै गरेमा, बिलाशी जीवनशैली आदीका कारण समस्या देखिने हाड जोर्नी तथा नशारोग विशेषज्ञ डा. दीपक श्रेष्ठ बताउँछन् ।

चिकित्सकका अनुसार यो रोग हुने मानिस चिसोबाट जोगिनुपर्छ ।

सक्रिय जीवन शैली अपनाउने

स्वस्थ खानपानमा ध्यान दिने

न्यानो लुगा लगाउनुपर्छ

धेरै बेर चिसोमा नुहाउनुहुँदैन

शरीरलाई न्यानो राखिरहनुपर्छ

झोलिलो खानेकुरा खानुपर्छ

चिकित्सकको सल्लाहमा क्याल्सियम खानुपर्छ

बारम्बार सुप खानुपर्छ

सागपात, पोषणयुक्त खानेकुरा, विभिन्न शक्तिवद्र्धक दानाहरुको नियमित प्रयोग गर्नुपर्छ

प्रशस्त मात्रामा पानी पिउनुपर्छ

हटब्यागको प्रयोग गर्नुपर्छ

तेल तताएर मसाज गर्नुपर्छ

जंक फुड नखाने

सन्तुलित आहार गर्ने

योग तथा व्यायाम गर्ने

धेरै समस्या देखिएमा चिकित्सककोमा पुगि उपचार लिनुपर्छ । चिकित्सकले भने बमोजिम औषधि सेवन गर्नुको साथै खानपानमा ध्यान दियो भने जोर्नी दुख्नबाट जोगिन सकिने श्रेष्ठको भनाई छ । तस्वीर: गुगल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?