काठमाडौं । प्रतिनिधि सभा सदस्यमा मनोनित भएका स्याङ्जाका मोहनप्रसाद पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
कांग्रेस सांसद सूर्यबहादुर केसीको निधनपश्चात रिक्त पदमा पाण्डेलाई समानुपातिक प्रणालीमार्फत चयन गरिएको थियो ।

प्रतिनिधि सभा सदस्य चुनिएका पाण्डेलाई सोमवार सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
शुक्रवार रिक्त सांसद पदपूर्तीबारे निर्वाचन आयोगले संसद सचिवालय जानकारी गराएको थियो । त्यसै अनुसार आज पाण्डेलाई सपथ ग्रहण गराइएको हो ।
गत कार्तिक १७ गते सांसद केसीको निधन भएको थियो । भने कार्तिक २८ गते बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले पाण्डेलाई मनोनित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया