जाडोयाममा अत्याधिक सोधिने दुई प्रश्न : हातगोडा सुनिन्छ, कसरी बचाउने छालाको सौन्दर्य ?

काठमाडौं – जाडो ह्वात्तै बढेको छ । तुलनात्मक रुपमा यो मौसममा छालाको विशेष ख्याल राख्नुपर्छ । किनभने यतिबेला बाह्य वातावरण सुख्खा हुन्छ । त्यसैको प्रभावले छाला रुखो हुन्छ, फुट्छ । छालाको चमकमा कमि आउँछ । जाडो मौसममा छालाको सौन्दर्य कायम राख्नु एक प्रकारको चुनौती नै हो ।  यतिबेला चल्ने चिसो तथा सुख्खा हावाको प्रभावले छालामा असर पर्छ । यसले छालाको मुलायमपन र चम्किलोपन नष्ट गर्छ । त्यसैले जाडो मौसममा हातगोडा सुनिने र अनुहारको चमक घटेकोबारे धेरैले प्रश्न गर्छन् ।  तिनको जवाफ हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

अनुहारका लागि :
गर्मीको तुलनामा जाडोमा आफ्नो छालालाई मोइस्चराइज गर्नुपर्ने आवश्यकता बढि हुन्छ । त्यसैले अनुहारलाई बढिभन्दा बढि मोइस्चराज गर्नुपर्छ । जाडोयाममा पनि सनस्क्रिन नलगाइकन घरबाट बाहिर निस्कनु हुन्न । अनुहारको मोस्चराईज कायम राख्नका लागि घ्यूकुमारी, नरिवल, बटर र हर्बलको तेल प्रयोग गर्न सकिन्छ यसका साथै छालालाई नरम बनाइराख्नका लागि घरमै मोइस्चराइजिङ प्याक तयार गर्न सकिन्छ । दुई ठूला चम्चा दुधमा एक चम्चा बदामको पाउडर मिलाएर त्यसको पेस्ट बनाउन सकिन्छ । यो पेस्टलाई १० मिनेटसम्म अनुहारमा लगाएर राख्नुपर्छ । त्यस पश्चात आफ्नो अनुहारलाई सफा पानीले धुनुस् । यो प्याकलाई हरेक रात सुत्नुभन्दा अगाडि लगाउनुपर्छ ।

ओठको लागि : 
चिसो हावाको सबैभन्दा ठूलो असर नरम र मुलायम ओठमा पर्छ । खासगरी महिलाको ओठमा । यसले ओेठ रुखो भएर फुट्न थाल्छ । यो चिसोमा पनि आफ्नो ओठको मुलायमपना कायम राख्न आफ्नो ओठमा पेट्रोलियम जेली र भिटामिन इ युक्त लिप बमको प्रयोग गर्नुपर्छ ओठको रुखोपन हटाउनका लागि राति सुत्नुभन्दा अगाडि घ्यू दल्ने गरौं । ओठ बढि नै फुटेको छ भने केही दिन लिपिस्टिक लगाउनुहुन्न । साथै, जाडोमा लिपिस्टिक लगाउनुभन्दा अगाडि र लिपिस्टिक लगाइसकेपछि ओठलाई मोइस्चराइज गर्न भुल्नु हुँदैन ।

आँखाको लागि चिसो मौसममा आँखामा फोहोर जम्छ र साथसाथै आँखाको आसपासको त्वचा खुम्चिएको देखिन्छ । यी समस्याबाट छुट्कारा पाउनका लागि हरेक रात सुत्नुभन्दा अगाडि सफा पानीले आँखालाइ धुनुपर्छ र कटन बलले हल्का हातले पुछ्नुपर्छ यसो गर्दा तपाईंको आँखामा फोहोर जम्दैन । आँखाको आसपासको त्वचामा कसिलोपनका लागि कटन बललाई शुद्ध बदामको तेलमा डुबाएर आँखाको ढकनीमा पाँचदेखि दस मिनेटसम्म राखौँ । त्यसपछि एउटा औँलाले हलुका मसाज गरौँ । यसबाट चिसोमा तपाईंको आँखा झन् सुन्दर देखिनेछ ।

हातको लागि :
हातको छाला हाम्रो शरीरमा सबैभन्दा पातलो हुन्छ । त्यसैले हातको मुलायमपनालाई कायम राख्नका लागि भिटामिन ई युक्त क्रिमको प्रयोग गरौं । दिनमा दुईचार पल्ट ह्यान्ड क्रिमको प्रयोग गर्नुस् । चिसो धेरै भएको बेला पञ्जा लगाएर मात्रै बाहिर निस्कनुपर्छ ।

गोडाको लागि : 
चिसोमा आफ्नो खुट्टालाई सुरक्षित राख्नका लागि पानीमा आधारित मोइस्चराइजरको साटो तेलमा आधारित मोइस्चराइजर लगाउनुपर्छ । यसले खुट्टाको छालामा एउटा मजबुत पत्र बनाउँछ, जुन कुनै पनि साधारण क्रिमको तुलनामा छालाको मुलायमपनार्लाई कायम राख्न प्रभावकारी हुन्छ । खुट्टाको साथै पैतलाको पनि स्याहार आवश्यक छ । पैतलालाई मुलायम तथा सुन्दर बनाउनका लागि यस्तो लोसन लगाउनुस् जसमा पेट्रोलियम जेली वा ग्लिसरीन होस्

तातो पानीले ननुहाउने : 

चिसोबाट बच्नका लागि अक्सर हामी तातो पानीको सहारा लिने गर्छौं । तर, तातो पानीले नुहाउँदा त्वचाको कोमलता खोसिन्छ । त्यसैले सम्भव भएसम्म चिसो पानीले नत्र मनतातो पानीले नुहाउनुपर्छ । नुहाउने वित्तिकै शरीरमा नरिवलको तेल लगाउनुपर्छ ।

विहान : सोप फ्रि, फेसवास र एलोबेरा, मह अदिको फेसवासले अनुहार सफा गर्ने, राम्रो स्कीन टोनर एप्लाई गर्ने, स्कीन टोनर लगाएपछि हाई मोस्टराईज युक्त मोइस्चराइजर लगाउने, र त्यसको माथिबाट सनब्लक प्रयोग गर्ने, त्यस पछि लुज पाउडरको टच दिने आफ्नो छाला भन्दा तीन तह माथी लुज पाउडर प्रयोग गर्नुपर्दछ । आफ्नो लिप्स अनुसार राम्रो ब्रान्डको लिप वाम प्रयोग गर्नुको साथै मोइस्चराइजयुक्त लिपिस्टक लगाउदा छाला मुलायम र राम्रो देखिन्छ ।

बेलुकी : दिनभरी छालामा टाँसिएका फोहोर तथा मेकअप उतार्न अथवा छालाको सफाई गर्नको लागि हरेक रात राम्रो क्लिन्जरले छालाको क्लिन्जिङ गर्ने, त्यसपछि टोनर लगाउने, उमेर अनुसार सुत्नु पूर्व अनिवार्य नाइट क्रिम लगाउने, अथवा छाला फुटेको छ भने ग्लिसरिन तथा कागतीको मिश्रण प्रयोग गरे छाला चाँडै मुलायम पार्न सकिन्छ ।

ध्यान दिनैपर्ने कुराहरु :
अनुहारको सुन्दरता कायम राख्न हरेक हप्ता विक्ली प्याक लगाउनु पर्दछ । त्यसैगरि नुहाउँदा पनि अल्कोहल युक्त साबुन वा ड्राई साबुन प्रयोग नगरी मोइस्चराजर युक्त साबुन वा सोप फ्रि बडीवासले शरीर सफा गरि मोइस्टराइजयुक्त बडी लोसन वा नरिसिङ क्रिम वा कोल्ड क्रिमको प्रयोग गर्नु पर्दछ । साथै अनुहारको लागि छालाको प्रकृति अनुरुप नियमित फेसियल प्रभावकारीता कायम राख्न छालाको स्पेशल केयर अति आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?