३ आश्विन २०७८, आईतवार

निर्माणाधीन घरको पिलरले किचेर बालकको मृत्यु

२०७४,आश्विन,१३,शुक्रवार १०:०५


गाईघाट, उदयपुर, १३ असोजउदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित पुरानो गाईघाटमा आज अपराह्न छिमेकीको निर्माणाधीन घरको पिलरले किचेर एक बालकको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृृत्यु हुने बालक त्रिनपा–१२ की कोपिला खड्काका छ वर्षीय छोरा सन्देश खड्का रहेको प्रहरीले बताएको छ ।आज अपराह्न १ बजेतिर बालक आफैँ छिमेकीको निर्माणाधीन घरमा गएर खेल्ने क्रममा नयाँ पिलर हल्लाएपछि घरको पिलर लडेर बालकलाई घाइते बनाएको थियो ।घाइते बालकलाई तत्काल जिल्ला अस्पताल लानेक्रममा बाटैमा मृत्यु भएको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक देवीप्रसाद फागुले बताए । 

प्रकाशित मिति: २०७४,आश्विन,१३,शुक्रवार १०:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार