मोहम्मद सलाह कोरोना संक्रमण मुक्त

काठमाडौं । लिभरपुलका फरवार्ड मोहम्मद सलाह कोरोना संक्रमण मुक्त भएका छन् । तेस्रो परिक्षणमा सलाह कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

सलाहलाई १३ नोभेम्वरमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि दोस्रो परिक्षणमा पनि उनमा कोरोना पोजेटिभ नै आएको थियो ।

सलाह शुक्रवार इजिप्टबाट लन्डन आएका थिए । लन्डनमा परिक्षण गर्दा उनको कोरोना नेगेटिभ आएको थियो ।

सलाह च्याम्पियन्स लिगमा बुधवार एटलान्टाविरुद्धको खेलमा मैदान उत्रने क्लबले जनाएको छ ।

  • एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?