कस्तो छ सोमवारको विदेशी मुद्रा विनिमयदर ?

काठमाडौं । सोमवार १ अमेरिकी डलरको खरिददर ११८ पैयाँ ३६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९६ पैसामा कारोबार भइरहेको छ । शनिवार १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९६ पैसा रहेको थियो ।

नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ यूरोपियन यूरोको खरिददर १४० रुपैयाँ ३२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०३ पैसा तोकेको छ । शनिवार १ यूरोपियन यूरोको खरिददर १४० रुपैयाँ ३७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०९ पैसामा कारोबार भएको थियो ।

सोमवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५७ रुपैयाँ २३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ०३ पैसा निर्धारण गरेको छ । त्यस्तै शनिवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५७ रुपैयाँ ८५ पैसामा कारोबार भएको थियो ।

नेपाली मुद्रा बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ५९ पैसा निर्धारण गरेको छ भने बहराईन दिनार १ को खरिददर ३१३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१५ रुपैयाँ ५१ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?