कमेडियन भारती र उनका श्रीमान ४ डिसेम्बरसम्म जेलमै

काठमाडौं । ड्रग्स केसमा पक्राउ परेकी बलिउड कमेडियन भारती सिंह र उनका श्रीमान हर्ष लिम्बाचिया ४ डिसेम्बरसम्म जेलमै रहने भएका छन् ।

एनसीबीले उनीहरुको घरमा छापा मार्दा ८६.५ ग्राम गाँजा फेला पारेको थियो । त्यसपछि उनीहरुसँगको सोधपुछमा उनीहरुले गाँजा लिने गरेको स्विकारेका थिए ।

जसकारण उनीहरुको सोधपुछका लागि न्यायिक हिरासतमा लिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?