१३ चैत्र २०७९, सोमवार

ठूलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स

२०७४,आश्विन,१३,शुक्रवार ०४:३७

0
Shares

फलेवास, पर्वत, १३ असोज (रासस)कुश्मा नगरपालिका–१४ स्थित ठूलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा एम्बुलेन्स सेवा सञ्चालन भएको छ ।सांसद विकास लम्सालले बिहीबार स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष कुमार सुवेदीलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गर्दैै सेवा शुभारम्भ गरेका हुन । निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत आव ०७३/७४ को बजेटमार्फत सांसद लम्सालले रु १० लाख उपलब्ध गराएपछि उहाँकै पहलमा एम्बुलेन्स भित्रिएको हो ।एम्बुलेन्स सेवा नहुँदा लामो समयदेखि समस्या झेल्दै आएका ठूलीपोखरीलगायत आसपासका खौलालाकुरी, आर्थरडाँडाखर्क, पकुवा, कार्किनेटालगायतका बासिन्दा बढी मात्रामा लाभान्वित हुने भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा सबैखाले उपचार सेवा नहुँदा रिफर गर्नुपर्ने बिरामीले सास्ती खेप्दै आएका थिए ।सो अवसरमा सांसद लम्सालले गाउँको विकासनिर्माणमा स्थानीयवासीकै सक्रियता महत्वपूर्ण हुने बताउँदै सडक सुविधा जिल्लाभरि नै पुगे पनि बाह्रैमास सञ्चालन हुने गरीसबै सडक कालोपत्रे गर्ने अभियानमा आफू जुटेको जानकारी दिए ।कार्यक्रममा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य गणेश तिमिल्सिनाले आफू जिल्ला विकास समितिको सभापति रहेकै बेला जिल्लाको भाग्यरेखा कोरिएको बताउँदै नागरिकमा चेतनाको विकाससँगै गरिबी निवारण पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिए ।जिल्ला समन्वय समितिका संयोजक मनोहर बी पौडेलले आफूले सात वटै तहबीच समन्वय गरेर प्रत्येक तहलाई समृद्ध बनाउन पहल गरेको बताए ।

प्रकाशित मिति: २०७४,आश्विन,१३,शुक्रवार ०४:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६