काठमाडौं । नेकपा पर्साका जिल्ला कमिटी सदस्य तथा विन्दवासिनी गाउँपालिका पार्टी सचिव मुकेश चौरसियाको हत्यामा संलग्न मूख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
हत्यामा संलग्न मुख्य आरोपी विन्दवासिनी–३ का अखिलेश प्रसाद चौरसिया भन्ने अशेसर प्रसाद चौरसियालाई पक्राउ गरिएको पर्साकी एसपी गंगा पन्तले जानकारी दिएकी छन् ।
कार्तिक ६ मा विन्दवासिनी–५ मा आयोजित गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा दुईपक्षबीच झड्प हुँदा अशेसरले हानेको बाँसको भाटाले लागेपछि मुकेश ढलेको भिडियो सार्वजनिक भएको थियो ।
उपचारको क्रममा कात्तिक ७ मा वीरगञ्ज स्थित न्यूरो अस्पतालमा मुकेशले ज्यान गुमाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया