काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता सामाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई एक महिना पछि कोरोना संक्रमण मुक्त भएका छन् ।
उनलाई तराईका विभिन्न जिल्लामा भएका कार्यक्रममा सहभागी बनेपछि करिव एक महिना अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो ।
एक महिनापछिCOVID-19संग हामी दुवैले युद्धविराम गरियो र -veरिपोर्ट प्राप्त गरियो।यो युद्धविराम हो,विजय हैन।यो महाब्याधीलाई एक्लाएक्लै जित्न सकिन्न,मानवजातिले संयुक्त रूपमा जित्नुपर्छ।अत: सबैले नियमित सुरक्षा विधि जारी राखौं!शुभकामना र विविध सहयोग गर्नुहुने सबैलाई मुरीमुरी धन्यवाद!
— Baburam Bhattarai (@brb1954) November 22, 2020
भट्टराई यस अगाडि गरिएका ३ वटा कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो ।
पछिल्लो रिपोर्ट भने नेगेटिभ आएको उनले समाजिक सञ्जाल मार्फत् जानकारी गराएका छन् । भट्टराईसँगै उनकी श्रीमती हिसिला यमी पनि कोरोना संक्रमण मुक्त भएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया