काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतवार) दिउँसो चारवटै सुरक्षा निकायका प्रमुखसँग भेटेर छलफल गरेका छन् ।
प्रधानमन्त्रीको बोलावटमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु बालुवाटार पुगेका हुन् ।
बालुवाटार स्रोतका अनुसार पार्टीभित्र विवाद रहेको बेला नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख डा. गणेश अधिकारीलाई भेट्नुलाई धेरैले आशंकित भएर हेरेतापनि यो नियमित भेटघाट हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया