प्रवक्ता शर्मा भन्छन्- ‘कांग्रेसलाई ५ बर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ५ वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश कांग्रेसलाई भएको बताएका छन् ।

शनिवार (हिजो) प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवाको भेटबारे टिकाटिप्पणी भइरहेका बेला प्रवक्ता शर्माले ट्वीट गर्दै सबैलाई भ्रमबाट मुक्त हुन समेत आग्रह गरेका छन् ।

सत्तारुढ दल भित्रको विवाद चुलिएका बेला प्रमुख प्रतिपक्षी दलका सभापतिसँगको भेटघाटले भोलीका दिनमा मिलेर सरकार चलाउने भन्ने विषयमा छलफल भएको भन्ने आलोचनाकाबीच प्रवक्ता शर्माले प्रष्ट पारेका हुन् ।

साथै प्रवक्ता शर्माले कांग्रेस कुनैपनि भड्कावबाट टाढा रहेको र भोलीका दिनमा समेत टाढा रहने बताएका छन् । “भ्रम, कोहि कसैलाई केही छ भने ! ५ बर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई अत कुनैपनि भड्कावबाट टाढा छौं,रहनेछौं  “। उनले भने ।

साथै नेकपाभित्रको आन्तरिक द्वन्दमा कांग्रेस निरपेक्ष रहेका समेत प्रवक्ता शर्माले बताएका छन् । “नेकपाको द्वन्द्वसंग विलकुल निरपेक्ष छौं ।” उनले भने ।

नेकपाभित्रको विवादको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहिबाट नगर्न आग्रह गर्दै सबैलाई सजग समेत गराएका छन् । उनले ट्वीटमा भने, “यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहिबाट नहोस्, सजग गराउंदछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?