काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवाबीच भेटघाट भएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगेका बेला नेकपाका अध्यक्ष समेत रहेका ओलीसँग प्रतिपक्षी दलको नेतासँगको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
शनिवार दिउँसो भएको भेटघाटमा केके विषयमा छलफल भएको भन्नेबारे खुलाइएको छैन् । संवैधानिक आयोग र विश्वविद्यालयका पदाधिकारी नियुक्तीबारे छलफलका लागि प्रधानमन्त्री ओलीले देउवाबालाई बालुवाटार बोलाएको स्रोतको दाबी रहेको छ ।
स्रोतका अनुसार पछिल्लो समय पार्टीभित्र देखिएको समस्याबारे पनि प्रधानमन्त्री ओली र सभापति देउवाबीच छलफल भएको थियो ।
ओली देउवा छलफलमा नेकपा र कांग्रेसका केही नेताहरुको समेत उपस्थिती रहेको थियो ।
तर ओली देउवाबीचको भेटघाटबारे दुवै पार्टीले कुनै औपचारिक जानकारी भने दिएका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया