काठमाडौं । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार काम गर्न नसकेको बताएका छन् ।
कोरोना महामारीको समयमा सरकार भ्रष्ट्राचारमा लुप्त भएको र जनताको जीवन रक्षामा चुकेको आरोप नेता सिंहले लगाएका छन् ।
आइतवार आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मतदाताहरुसँगको भेटघाटमा नेता सिंहले त्यस्तो बताएका हुन् ।
नेता सिंहले सरकार व्यक्तिगत स्वार्थमा डुबेको र समस्याहरुसँग बेखबर रहेको समेत बताएका छन् ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता सिंहले भने, ‘यो सरकार स्वार्थमा डुबेको छ । भ्रष्टाचारमा लिप्त छ, मुलुकका तमाम समस्यामा सरकार बेखबर छ । यो लोकतन्त्रवादीहरुका लागि समेत अशोभनीय हो ।’
त्यस्तै यतिबेला आफूहरुले प्रमुख प्रतिपक्षीको रुपमा उठाउनु पर्ने विषय उठाउँदै आए पनि सरकारले नसुनेको मतदातासामू उनले गुनासो पोखेका छन् ।
आफूहरुले भन्नुपर्ने कुरा भनेको दाबी गर्दै कोरोना महामारीको कारण सडक आन्दोलनमा जान सक्ने अवस्था नरहेको उनले बताए ।
‘भन्नुपर्ने ठाउँमा भनेकै छ, बोल्नुपर्ने ठाउँमा सबैले बोलेकै छ तर यो सरकारले सुन्दैन । यो सरकारले न जनताको आवाज सुन्छ, न प्रतिपक्षीको ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया