कैलालीमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ

काठमाडौं । कैलालीमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् । चुरे गाउँपालिका-१ बस्ने २२ वर्षीय लाले घर्तीथापालाई जबरजस्ती करणी गरेको अभियोगमा शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

थापाले ती बालिकालाई सोही ठाउँस्थित नाकखेलेढुंगा जंगल हुँदै गइरहेको अवस्थामा एक्लै पारी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी घरखेडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?