काठमाडौं । यतिबेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादमा रुमलिएको छ ।
अध्यक्षद्वयको टकरावका कारण चुलिएको विवादका कारण नेताहरुबीच दोषारोपण र आलोचनाको श्रृङ्खला बढेको छ ।
सचिवालय बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकल प्रस्ताव दर्ता गराएपछि नेकपाभित्रको राजनीतिमा थप कचिङ्गल थप बढेर गएको हो ।
यसैक्रममा नेकपाका स्थायी कमिटि सदस्य समेत रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरलले पार्टीभित्रको विवादबारे प्रतिक्रिया जनाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नजिक मानिने नेता पोखरेलले नेतृत्वले स्वार्थको द्वन्द्धमा विवेक गुमाएका कारण तलदेखि पार्टी र नेतृत्वलाई खुल्याउने र कमजोर बनाउने क्रम शुरु हुने बताएका छन् ।
आइतवार सामाजिक सञ्जालमा लेख्दै पोखरेलले भने, “जब नेतृत्वले स्वार्थको द्वन्द्वमा विवेक गुमाउछ तब माथिदेखि तलसम्म पार्टी र नेतृत्वलाई खुल्याउने र कमजोर बनाउने उपक्रम सुरु हुन्छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया