सुनको मूल्यमा सामान्य बृद्धि, कति छ आजको बजारभाउ ?

काठमाडौं । नेपाली बजारमा आइतवार सुनको मूल्यमा सामान्य बृद्धि भएको छ ।

शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य ९४ हजार रहेको थियो । आज सुनको ३ सयले बृद्धि भई प्रतितोला छापावाल सुन ९४ हजार ३ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य ९३ हजार ८ सय रहेको छ ।

तर आइतवार चाँदीको मूल्यमा भने स्थिरता छाएको छ । गत कारोबार दिन शुक्रवार प्रतितोला चाँदीको मूल्य १ हजार २ सय १० मा कारोबार भएको थियो । भने आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?