काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । शनिवार राति भएको खेलमा रियल मड्रिड भिल्ला रियलसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
![]()
खेलको दोस्रो मिनेटमा मारीयानो डियाजले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए । तर, खेलको ७६ औं मिनेटमा जेरार्ड मोरेनोले पेनाल्टीमा गोल गर्दै भिल्लालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

रियलले ८ खेलमा १६ अंक जोडेको छ । रियल तालिकाको चौंथो स्थानमा रहेको छ । भिल्लाले ९ खेलमा १८ अंक जोडेको छ । भिल्ला दोस्रो स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया