बचत तथा ऋण सहकारी संस्थाको गुणस्तर प्रमाणीकरण कार्यक्रमबाट संघीय सहकारी विभागले हात झिकेको छ । ब्राण्ड पाएका सहकारी संस्थाको गुणस्तरमा प्रश्न उठ्न थालेपछि चालू वर्षदेखि विभागले प्रमाणीकरण गर्न छोडेको हो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले चार वर्षदेखि सञ्चालन गर्दै आएको प्रोवेश ब्राण्डलाई विभागले समेत प्रमाणीकरण गर्दै आएको थियो । ब्राण्ड सूचिश्चितता गरि प्रदान गरिने प्रमाणपत्रमा विभागका रजिष्ट्रारको हस्ताक्षरका साथै सरकारको लोगो समेत प्रयोग हुँदै आएको थियो ।
विभागले गुणस्तर प्रमाणीकरण अस्वीकार गरेपछि यसवर्षबाट नेफ्स्कूनले मात्र प्रमाणीकरण गर्न थालेको छ । यस वर्ष ब्राण्ड पाएका ४० संस्थाहरूलाई नेफ्स्कूनले मात्र प्रमाणीकरण गरी शुक्रबार सम्पन्न साधारणसभामा प्रमाणपत्र प्रदान गरेको छ ।
संघीय व्यवस्था अनुसार सहकारीको दर्ता तथा नियमनको अधिकार स्थानिय तहसम्म हस्तान्तरण भएपछि गत वर्ष नै संघीय विभागले आफ्नो नियमन बाहिर रहेका सहकारीको गुणस्तर प्रमाणीकरण गर्न अस्विकार गरेको थियो । कारोबार दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया