कतारले नेपालबाट कामदार लैजानका लागि निश्चित म्यानपावर कम्पनीलाई मात्रै छनोट नगरेको जनाएको छ । नेपाली कामदारको प्रमुख रोजगार गन्तव्य मुलुकमा पर्ने कतारमा कामदार पठाउन १६ वटा म्यानपावर कम्पनीको सूची तयार गरी ‘सिन्डिकेट’ खडा गर्न खोजिएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको थियो ।
‘इजाजत प्राप्त जुनसुकै म्यानपावर कम्पनीले कामदार पठाउन पाउनेछन्,’ नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अल हैलले भने, ‘कतारले कहिल्यै पनि नेपालबाट कामदार पठाउन निश्चित म्यानपावर कम्पनीलाई तोक्दैन । हामी प्रतिस्पर्धी बजारमा विश्वास राख्छौं ।’
दुई साताअघि कतारले १६ वटा म्यानपावर कम्पनीलाई छनोट गरेको भन्दै सूची बाहिरिएको थियो । त्यसलाई राजदूत हैलले निराधार र हल्ला मात्रै भएको स्पष्ट पारे । ‘त्यसको कुनै आधिकारिकता छैन । त्यहाँ कुनै सरकारी छाप पनि छैन,’ उनले भने । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया