सत्तारूढ नेकपाका शीर्ष नेताहरूको केन्द्रमा अन्तरकलह चुलिइरहेका बेला त्यसका बाछिटा तल्लो तहमा पनि देखिन थालेका छन् । स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई चितवनस्थित उनकै निर्वाचन क्षेत्रमा शनिबार आयोजित पार्टीको कार्यक्रममा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट व्यक्तिहरूले नाराबाजी गर्नुका साथै हुलहुज्जतको प्रयास गरेका छन् ।
यसअघि पार्टीभित्रको विवाद मिलाउने कार्यदलमा बसेर सहमतिको प्रस्ताव तयार पार्ने भूमिका निर्वाह गरेका नेता पाण्डेले त्यही प्रस्तावबारे कुरा उप्काउँदा ओलीनिकट कार्यकर्ताहरू सुरज थपलिया, प्रकाश कालाखेतीलगायतको समूहले नाराबाजी गरेको हो ।
थपलिया वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका सल्लाहकार जगन्नाथ थपलियाका छोरा एवं वाग्मती प्रदेशका भूमि व्यवस्थामन्त्री दाबा लामाका ज्वाइँ हुन् । कालाखेती विद्यार्थी नेता तथा मदन भण्डारी फाउन्डेसनको राप्ती नगरको प्रचार समिति संयोजक हुन् । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया