२०७७, ६ मंसिर शनिबार २२:४८

आफ्ना दुई नेता पक्राउको विरोधमा विप्लवको पार्टीले निकाल्यो यस्तो विज्ञप्ति


प्रकाशित मिति : २०७७, ६ मंसिर शनिबार २२:४८

प्रतिबन्धित नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले पार्टीका दुई नेता पक्राउको कडा शब्दमा विरोध गरेका छन् । उनले ओली सरकारको कार्यशैलीको विरोध समेत गरेका छन् । शनिबार एक विज्ञप्तिमार्फत प्रकाण्डले ओली सरकारले ‘चोरलाई चौतारो र साधुलाई शूली’ को नीति लिएको आरोप लगाएका छन् ।

शुक्रबार पार्टीका अर्थ विभागका अध्यक्ष तथा पार्टी ब्युरो सदस्य प्रेम दर्नाल ‘विकल्प’ र अर्थ विभाग सदस्य सञ्जीव नेपाली ‘सुवर्ण’ लाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको थियो ।

विज्ञप्तिमा पक्राउ परेका उनीहरुलाई बनासर्त रिहा गर्न माग गरिएको छ । प्रहरीले चन्दा असुलीमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरेपनि प्रकाण्डको विज्ञप्तिमा राजनीतिक स्वतन्त्रता र मानवअधिकारमा ओली सरकारले घोर उल्लङ्घन गरेको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस