चितवन प्रकरणमा गोकुल बास्कोटा–होहल्लाको अर्थ छैन

नेकपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बास्कोटाले गलत विचारविरुद्ध लड्न सही विचार नै पर्याप्त हुने बताएका छन् । उनले होहल्लाको अर्थ नभएको भन्दै गलत विचारको सही विचारबाटै प्रतिवाद गरिनुपर्नेमा जोड दिएका छन् ।

चितवनमा पार्टी नेता सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहारप्रति लक्षित गर्दै उनले गलत विचारविरुद्ध लड्न सही विचारा नै पर्याप्त हुने भएकाले होहल्ला गर्नुको अर्थ नहुने बताएका हुन् ।

‘हातहरुको सशस्त्रीकरण भन्दा पहिला विवेक र विष्लेषणपूर्ण चेतनाको विकास नै मानवीय शसस्त्रीकरणको वास्तविक पहिचान हुन्छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, गलत विचार विरुद्ध लड्न सही विचार नै पर्याप्त हुन्छ, होहल्लाको अर्थ छै ।’ आज चितवनमा पाण्डेमाथि भएकाे दुर्व्यवहारकाे घटनामा नेकपामा हंगामा भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?