७ चैत्र २०७९, मंगलवार

संघ र प्रदेशको निर्वाचनका लागि काँग्रेसद्वारा उम्मेदवार सिफारिस

२०७४,आश्विन,१३,शुक्रवार ०३:४०

0
Shares

अर्घाखाँची, १३ असोज (रासस)आगामी मंसिर २१ गते हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको छ ।काँग्रेसका दुई वटै निर्वाचन क्षेत्रीय समितिको बैठकले संघ र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फका उम्मेदवारको नाम केन्द्रीय समितिमा पठाएको छ ।निर्वाचन क्षेत्र नं १ को बैठकले संघ अर्थात् प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ छ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ रेवतीप्रसाद भुसाल, डा रामबहादुर बिसी र मुक्ति श्रेष्ठको नाम सिफारिस भएको क्षेत्रीय सभापति केशवराज कुँवरले बताए ।समानुपातिकतर्फ मानबहादुर विक, पुष्पा भुसाल, छविलाल पौडेल, भोजबहादुर बस्नेत, ताराप्रसाद श्रेष्ठ र पीताम्बर खनालको नाम सिफारिस भएको छ ।प्रदेश सभाका लागि प्रत्यक्षतर्फ चार र समानुपातिकका लागि २५ जनाको नाम सिफारिस भएको छ । प्रत्यक्षतर्फ केशवराज कुँवर, विष्णुप्रसाद खनाल, चन्द्रमान श्रेष्ठ र बाबुराम पौडेल रहनुभएको छ । समानुपातिकतर्फ कृष्णबहादुर ज्ञवाली, मोहमद सफर मिया, हरिहर आचार्य, केशव श्रेष्ठ, देवराज श्रेष्ठ, लोकेन्द्र विक, अनिता ज्ञवाली, निर्मला क्षेत्री, किमकला भुसाल, रामबहादुर रानाको नाम सिफारिस भएको छ ।त्यसैगरी बैकुण्ठ थापा मगर, मणिराम परियार, मीरा पाण्डे, ताराप्रसाद फुल्लेल, हुमकला भुसाल, विनोद आचार्य, कमलप्रसाद आचार्य, मानबहादुर सुनार, ज्ञानबहादुर पाण्डे, ढकलाल पौडेल, मुमलाल फुल्लेल, पूर्णकुमारी बञ्जाडे, रामबहादुर खत्री, हरिनारायण बस्नेत र राधा आचार्यको नाम सिफारिस भएको क्षेत्रीय सचिव ताराप्रसादले जानकारी दिए ।निर्वाचन क्षेत्र नं २ को बैठकले प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ पाँच र समानुपातिकतर्फ दुई जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ खनाल, डा बिसी, रेवतीप्रसाद, बालकृष्ण पाण्डे, र मुक्तिको नाम सिफारिस भएको क्षेत्रीय सभापति अच्युत गौतमले बताए ।प्रदेश सभाका लागि प्रत्यक्षतर्फ सात र समानुपातिकका लागि १६ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ हिम्मत टण्डन, यादवप्रसाद घिमिरे, कृष्णप्रसाद शर्मा, डा जयबहादुर टण्डन, धर्मराज भुसाल, दिनेशमणि घिमिरे र अहमद हुसेनको नाम उम्मेदवारीका लागि केन्द्रमा सिफारिस गरिएको छ ।प्रदेश सभाको समानुपातिकमा श्यामनाथ काश्यप, छविलाल पौडेल, प्रेमनारायण बेल्वासे, हेमन्त बेल्वासे, कुमारकेशव सिंह, निमबहादुर विक, गणेशबहादुर सिंह, खिमकुमार श्रेष्ठ र कमल विकको नाम सिफारिस भएको छ । त्यस्तै जम्सेर मिया, रजब मिया, सुवि शाह, भोजराज शास्त्री र महिलातर्फ शान्ता भण्डारी, अम्बिका पोख्रेल र चम्पा पोख्रेलको नाम उम्मेदवारीका लागि सिफारिस गरिएको क्षेत्रीय सचिव कृष्णलाल पुरीले बताए ।

प्रकाशित मिति: २०७४,आश्विन,१३,शुक्रवार ०३:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

पटारमा ‘एक घर, एक धारा’
 २०७९,चैत्र,७,मंगलवार १२:३८
सराङघाट ‘सबस्टेशन’ सञ्चालनमा
 २०७९,चैत्र,७,मंगलवार १२:३०