शेयर बजारमा २ दिनको कारोबारमा ५९ अंकको वृद्धि

काठमाडौं । शेयर बजारले क्रमशः नयाँ उचाई लिंदै गएको छ । विशेष गरेर खरिदबिक्री रकम नयाँ मोडमा पुगेको छ । पछिल्ला दिनहरुमा नेप्से सूचकसँगै खरिदबिक्री रकममा व्यापक तेजी आइरहेको छ ।

यो साता नेप्सेमा २ दिनको कारोबारमा दुवै दिन बृद्धि भयो । साताभरमा ५९ दशमलव ६४ अंकको बृद्धि भयो । यो साता १० अर्व ९० करोड ७७ लाख धेरैको कारोबार भयो भने २ करोड ५७ लाख ३७ हजार धेरै सेयर खरिद बिक्रि भयो ।

तिहार पर्व सकिए लगत्तै खुलेको बजारमा तिहार अगाडी कै उत्साह कायम देखिएको थियो । तिहार पछि पहिलो दिन खुलेको बजार २३.३२ अंकले उकालो लागेको थियो । १.३६ प्रतिशतले बढेको बजारमा सेन्सिटिभ इन्डेक्स भने ०.८० अंकले घटेको थियो । निरन्तर बढिरहेको बजार १७४१.८१ अंकको विन्दुमा बुधवारको कारोबार बन्द भएको थियो । समूहगत परिसूचक मध्ये ९ वटा समूहको परिसूचक बढ्दा ३ समूहको परिसूचक भने घटेको थियो ।

बुधवार नेपाल पुर्नबीमा कम्पनीको सर्वाधिक ३३ करोड ६२ लाख ५९ हजार ९ सय २० रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यस्तै दोस्रोमा नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको ३० करोड ८५ लाख ५१ हजार ६ सय ६० रुपैयाँ बराबरको कारोबार भएको थियो ।

दोहोरो अंकले बढेको बजारमा ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । जसमा गुर्खाज फाइनेन्स लिमिटेड र हिमालयन डिस्टिलयरीको शेयर मूल्य १० प्रतिशतले बढेको थियो । दोहोरो अंकले बढेको बजारमा ७२ कम्पनीको शेयर मूल्य बढेको थियो भने ८७ कम्पनीको शेयर मूल्य घटेको थियो बाँकि १३ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको थियो ।

तेस्तै साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३६ दशमलव ३२ अंकले बढेर १ हजार ७७८ दशमलव १२ विन्दुमा पुगेको थियो । बिहीबार ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ९८ अंक बढेर ३४३ दशमलव शून्य ७ विन्दुमा पुगेको थियो । बिहिबार हालसम्मकै ६ अर्ब ११ करोड ६७ लाख ३० हजार बराबरको शेयर कारोबार भएको थियो । बिहीबार कारोबारमा आएका १२ वटै उपसमुहको सूचक सकारात्मक देखिएको थियो ।

बिहीबार नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा धेरै ४१ करोड ८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । बिहीबार १५ वटाकम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको थियो । बिहीबार सनराइज फस्टको इकाइमूल्य २.१८ प्रतिशतले घटेको छ भने रैराङ हाइड्रोपावरको १।९२ प्रतिशत, नाडेप लघुवित्तको १.७० प्रतिशत र रिडि हाइड्रोपावरको शेयरमुल्य १.६७ प्रतिशतले घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?