कोभिड–१९ का महामारीका कारण चैतदेखि बन्द रहेका केबलकार, संग्रहालय, जंगल सफारीलगायतका पर्यटकीय गतिविधि धमाधम खुला हुन थालेका छन् । निजी संग्रहालय र जंगल सफारी सात महिनापछि बिहीबारदेखि सञ्चालनमा आएको संस्कृति, पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।
‘निजी क्षेत्रले सञ्चालन गरेका संग्रहालय, जंगल सफारी खुला भए,’ मन्त्रालयका सहायक प्रवक्ता राजन पौडेलले भने, ‘सरकारी संग्रहालय आइतबारदेखि खुल्दै छन् ।’ सरकार मातहतको नारायणहिटी, हनुमानढोका, पाटन, छाउनी, भक्तपुर र गोरखा दरबारलगायतका संग्रहालय छन् । यी संग्रहालय स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्डअनुसार आइतबारदेखि खुल्ने उनले बताए । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया