सत्तारूढ नेकपामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मिलेर नै आउँदो सचिवालय बैठकमा संयुक्त प्रस्ताव पेस गर्नुपर्ने लबिइङ सुरु भएको छ ।
सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथिका आरोपको ‘काउन्टर प्रस्ताव’ पेस गर्ने स्थिति आए त्यही बिन्दुबाट पार्टी फुट्ने जोखिम रहेको बताउँदै दाहाललाई प्रस्ताव फिर्ता लिन लगाउने र ओलीलाई पनि एकल प्रस्ताव पेस गर्नबाट रोक्ने कोसिस नेताहरूले थालेका छन् ।
दाहालले आफूमाथि आरोप लगाउँदै यसअघि पेस गरेको १९ पृष्ठ लामो प्रस्तावको एकएक जवाफ आउँदो सचिवालय बैठकमा दिने भन्दै ओली बालुवाटारमा दस्ताबेजको तयारीमा छन् । उनले दाहालविरुद्ध अर्को प्रस्ताव ल्याए त्यसमा झन् आक्रामक आरोप लाग्न सक्ने र त्यसले पार्टीलाई फुटमा लैजाने दोस्रो तहका नेताहरूको विश्लेषण छ ।
त्यसैले दोस्रो तहका नेताहरूसँग योबीचमा व्यक्तिगत छलफल गरिरहेका महासचिव विष्णु पौडेलले शुक्रबार अध्यक्ष दाहालसँग पार्टी कार्यालय धुम्बाराहीमा संयुक्त दस्ताबेज बनाएर जानुपर्ने प्रस्ताव राखेका छन् । कात्पिुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया