प्रदेश नं १ मा ४४७ संक्रमित निको

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा ४४७ कोरोना संक्रमित निको भएका छन् । विभिन्न जिल्लाका होम आइसोलेसनमा बसेका संक्रमित निको भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्या २० हजार २२६ पुगेको छ । प्रदेशमा सोही अवधिमा ७७४ जनाको पिसिआर परीक्षण गरिएकामा ७६ महिलासहित २०७ कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ७१ मध्ये विराटनगरमा ५०, सुनसरीमा ५७, सङ्खुवासभामा ३४, झापामा २८, तेह्रथुम र उदयपुरमा तीन/तीन इलाम र धनकुटामा दुई/दुई र प्रदेश बाहिरका सात जना रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा संक्रमितको सङ्ख्या २४ हजार ९४१ पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ८२ हजार १३७ जनाको पीसीआर परीक्षण गर्ने कार्य सम्पन्न गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?