नेपालमा एकैपटक थप ५ हजार ३ सय ६४ कोरोना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ३ सय ६४ कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार २९८ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ । अहिलेसम्म नेपालमा १६ लाख ४३ हजार ८९९ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ७६७ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?