काठमाडौं । सरकारले विश्व बैंकले दिने १८ अर्ब सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको छ । गत बुधवार बसेको मन्त्रिपरिषद् बैठकले ऋण स्वीकार्ने सहितका निर्णयहरु गरेको हो ।
त्यस्तै बैठकले व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ । उक्त कार्यविधिले कोभिडको कारण समस्यामा परेका नागरिकहरुलाई सहुलियत दरमा कर्जा प्रदान गर्ने गर्दछ । उक्त कार्यविधि आजैबाट लागू हुनेछ ।
त्यस्तै बैठकले सहलगानीसम्बन्धी कार्यविधि स्वीकृति गरेको छ । नेपालको संविधान बमोजिम तिनै तहको सरकारको सहकार्यको आधारमा पूर्वाधार निर्माणलाई कार्यान्यन गर्नेछ ।
त्यस्तै गैरकानुनी रुपमा नेपाल बसेका विदेशी नागरिकहरुलाई निस्काशन गर्ने निर्णय गरेको छ ।
साथै बैठकले सुरक्षित विमानस्थलका लागि जग्गा अधिकरण गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया