ललितपुरमा तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

काठमाडौं । ललितपुरमा तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका-१४ थसिखेलस्थित उत्तम बहादुर कार्कीको महालक्ष्मी अटो वर्कसपमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६० वर्षीय राज कुमार महत लगायत ९ जनालाई नगद १ लाख १३ हजार ३ सय ५५ रुपैयाँ र ४ बुक तास सहित बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा तास खेलिरहेको भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त सातदोवाटोबाट खटिएको प्रहरीले उनीहरुलाई नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?