अब १५ वर्ष भन्दा कम उमेर भएकाले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नपाउने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटमा कदम राख्नको लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नयाँ मापदण्ड तय गरेको छ ।

अब पुरुष, महिला अण्डर १९ सहित कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट खेल्नका लागि १५ वर्ष भन्दा धेरै उमेर हुनुपर्ने भएको हो ।

आईसीसीले यसको बारेमा आज जानकारी गराएको हो । आईसीसी र्बोले खेलाडीको सुरक्षालाई मध्यनजर गर्दै यो नयाँ नियम बनाएको हो ।

यो सीमा सबै प्रकारका क्रिकेट म्याचमा लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?