सर्जियो रामोसले ३ खेल गुमाउने

काठमाडौं । रियल मड्रिडका कप्तान सर्जियो रामोसले ला लिगा र च्याम्पियन्स लिगको तीन खेल गुमाउने भएका छन् ।

ह्यामस्ट्रिङ चोटका कारण डिफेन्डर रामोसले ३ खेल गुमाउने भएका हुन् । रामोसले नेसन्स लिग अन्तर्गत जर्मनीविरुद्धको खेलमा चोट बोकेका थिए ।

जर्मनीलाई स्पेनले ६-० ले पराजित गरेको थिए ।

अब रामोसले ला लिगामा भिल्ला रियल र एलाभेस तथा च्याम्पियन्स लिगमा इन्टर मिलानविरुद्धको खेल गुमाउने छन् ।

रियलले शनिबार भिल्लासँग उसैको मैदानमा खेल्नेछ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?