महिला टी-ट्वान्टी विश्वकप क्रिकेट २०२३ मा हुने

काठमाडौं । आईसीसी महिला टी-ट्वान्टी विश्वकप क्रिकेट एक वर्षका लागि सरेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले २०२२ को विश्वकप एक वर्ष पछि सार्ने निर्णय गरेको हो ।

दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकप अब २०२३ को फेब्रुवरी ९ देखि २६ सम्म हुनेछ । यस अघि महिला विश्वकप २०२२ को अन्तिममा हुने तय भएको थियो ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?